नेपालअधिराज्यको करिव मध्ये भागमा अवस्थित, गण्डकी प्रदेशमा पर्ने गोरखा जिल्लाको एकमात्र ऐतिहासिक नगरी गोरखा नगरपालिकाको गठन वि.स.२०५३ साल माघ १५ गते साविक गोरखकाली, रानिश्वारा र तारानगर गा.वि.स.हरूलाई समेटेर गरिएको हो । साथै नेपाल सरकार को मिति २०७१ साल मसिंर १६ को निर्णय अनुसार साविक फिनाम र नारेश्वर गा.वि.स तथा मिति २०७३ मंसिर २० को निर्णय अनुसार ताप्ले र देउराली गाविस थप गरि यस न.पा.ले कुल १३१.८६ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ ।
राजधानी काठमाण्डौदेखि १४१ कि.मि. पश्चिम र अमर सिं राजमार्गको आँवु खैरेनी तनहुँबाट २४ कि.मि. उत्तरमा पर्ने यस न.पा. को अधिकाँश भू–भाग पहाडी क्षेत्रले ढाकेको छ भने केहीभाग टार बेसीले ढाकेको छ ।
यस नगरपालिका आफैँमा भौगोलिक विविधताले सम्पन्न त छँदैछ यसका साथै यस न.पा. को कुन्दुरटार, तेह्र कि.मि. घुम्ति बजार, मैदान, पस्लाङ्ग, सतिपिपल, गोरखकाली दरवार, उपल्लोकोट, भिमसेन स्मारक आदि क्षेत्रबाट यस जिल्लाको उत्तर तर्फ रहेकामनास्लु, हिउँचुली र लार्केका साथै पश्चिमतर्फ लमजुङ्ग जिल्ला अन्तर्गत पर्ने लमजुङ्ग र वौद्घ हिमालका मनोरम दृश्यहरू पनि अवलोकन गर्न सकिन्छ ।
ऐतिहासिक पृष्ठभूमि
विश्व सामू गुर्खाको नामबाट परिचित गोर्खालीहरूको भूमि गोरखाले राष्ट्रिय इतिहासको पानामा एउटा महत्वपूर्ण स्थान ओगटेको छ । वर्तमान नेपालको एकीकरणको सुत्रपात भएको यस जिल्लाको ऐतिहासिक धरोहर मध्ये गोरखा दरबार, गोरखनाथ मन्दिर, कालिका मन्दिर एवं तल्लो दरबार आदि यसै नगरपालिकाभित्र पर्दछन् । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिने वीरवीरङ्गनाहरू मध्ये बीसे नगर्चीको जन्म यस यसै न.पा.मा भएको थियो ।
सिमाना
पूर्व ः शहिद लखन र भिमसेन गा.पा
पश्चिम ः पालुङ्टार न।पा
उत्तर ः सिरानचोक गा।पा
दक्षिण ः शहिद लखन गा।पा र तनहुँ जिल्ला
भौगोलिक अवस्थिति
अक्षांश: २७०५६’०३” उत्तरी आक्षश देखि २८०१३’०७” उत्तरी आक्षाश सम्म
देशान्तर: ८४०२३’ पूर्वी देशान्तर देखि ८४०३८’ पूर्वी देशान्तर सम्म
उचाई (समुन्द्र सतहबाट) ः समुन्दी सतहबाट ३२८ देखि १५२२ मिटरसम्म
हावापानी
औसत तामक्रम अधिकतम – २५ डि.से.
न्यूनतम – १४ डि.से.
औसत वर्षा – १४९२ मि.मि.
राजनैतिक तथा प्रशासनिक विभाजन
प्रदेश ः गण्डकी
जिल्ला ः गोरखा
विकास क्षेत्र ः पश्चिमाञ्चल
निर्वाचन क्षेत्र ः २
नगरपालिका ः गोरखा नगरपालिका
वडा संख्या ः १४
मुख्यनदी खोला
मुख्यनदी ः मस्र्याङदी र दरौंदी
खोलाहरू ः सिर्दी, लुदी, कर्णे खोला, ज्यादुल खोला, गंगटे खोला र बेनी खोला, खाल्टे खोला, भालु खोला