FAQs Complain Problems

संक्षिप्त परिचय

पदाधिकारीको विवरण
प्रमुख
नाम: कृष्ण ब. राना मगर 
फोन:९८५६०४०११२ 

उप(प्रमुख)

नाम: मसली माया थोकर 
फोन: ९८५६०७०३६३ 

नाम: एकदेव खनाल 
प्रमुख प्रशासकीय अधिकृत

 
फोन: ९८५६०१८१११ 

 

नगरपालिकाको परिचय
नेपालअधिराज्यको करिव मध्ये भागमा अवस्थित, गण्डकी प्र्देशमा पर्ने गोरखा जिल्लाको एकमात्र ऐतिहासिक नगरी गोरखा नगरपालिकाको गठन वि.स.२०५३ साल माघ १५ गते साविक गोरखकाली, रानिश्वारा र तारानगर गा.वि.स.हरूलाई समेटेर गरिएको हो । साथै नेपाल सरकार को मिति २०७१ साल मसिंर १६ को निर्णय अनुसार साविक फिनाम र नारेश्वर गा.वि.स तथा मिति २०७३ मंसिर २०   को निर्णय अनुसार ताप्ले र देउराली गाविस थप गरि यस न.पा.ले कुल १३१.८६ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ ।
राजधानी काठमाण्डौदेखि १४१ कि.मि. पश्चिम र अमर सिं राजमार्गको आँवु खैरेनी तनहुँबाट २४ कि.मि. उत्तरमा पर्ने यस न.पा. को अधिकाँश भू–भाग पहाडी क्षेत्रले ढाकेको छ भने केहीभाग टार बेसीले ढाकेको छ ।
    
यस नगरपालिका आफैँमा भौगोलिक विविधताले सम्पन्न त छँदैछ यसका साथै यस न.पा. को कुन्दुरटार, तेह्र कि.मि. घुम्ति बजार, मैदान, पस्लाङ्ग, सतिपिपल, गोरखकाली दरवार, उपल्लोकोट, भिमसेन स्मारक आदि क्षेत्रबाट यस जिल्लाको उत्तर तर्फ रहेकामनास्लु, हिउँचुली र लार्केका साथै पश्चिमतर्फ लमजुङ्ग जिल्ला अन्तर्गत पर्ने लमजुङ्ग र वौद्घ हिमालका मनोरम दृश्यहरू पनि अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक पृष्ठभूमि

विश्व सामू गुर्खाको नामबाट परिचित गोर्खालीहरूको भूमि गोरखाले राष्ट्रिय इतिहासको पानामा एउटा महत्वपूर्ण स्थान ओगटेको छ । वर्तमान नेपालको एकीकरणको सुत्रपात भएको यस जिल्लाको ऐतिहासिक धरोहर मध्ये गोरखा दरबार, गोरखनाथ मन्दिर, कालिका मन्दिर एवं तल्लो दरबार आदि यसै नगरपालिकाभित्र पर्दछन् । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिने वीरवीरङ्गनाहरू मध्ये बीसे नगर्चीको जन्म यस यसै न.पा.मा भएको थियो । 

सिमाना     
पूर्व ः शहिद लखन र भिमसेन गा.पा 
पश्चिम ः पालुङ्टार न।पा
उत्तर ः   सिरानचोक गा।पा 
दक्षिण   ः शहिद लखन गा।पा र तनहुँ जिल्ला

भौगोलिक अवस्थिति
अक्षांश: २७०५६’०३” उत्तरी आक्षश देखि २८०१३’०७” उत्तरी आक्षाश सम्म
     
देशान्तर: ८४०२३’ पूर्वी देशान्तर देखि ८४०३८’ पूर्वी देशान्तर सम्म

उचाई (समुन्द्र सतहबाट) ः समुन्दी सतहबाट ३२८ देखि १५२२ मिटरसम्म

हावापानी 

औसत तामक्रम अधिकतम – २५ डि.से. 
 न्यूनतम – १४ डि.से.
    
औसत वर्षा – १४९२ मि.मि.
 

राजनैतिक तथा प्रशासनिक विभाजन
प्रदेश नं  ः ४
जिल्ला     ः गोरखा
विकास क्षेत्र  ः पश्चिमाञ्चल 
निर्वाचन क्षेत्र ः    २            
नगरपालिका  ः   गोरखा नगरपालिका
वडा संख्या    ः  १४

मुख्यनदी खोला
मुख्यनदी        ः  मस्र्याङदी र दरौंदी
खोलाहरू    ः सिर्दी, लुदी, कर्णे खोला,  ज्यादुल खोला, गंगटे खोला र बेनी खोला, खाल्टे खोला, भालु खोला 

सम्क्षिप्त सारांश:

नाम

:

गोरखा नगरपालिका (साविक गाविस गोरखकाली, तारानगर , रानीस्वारा, फिनाम, नारेश्वर, ताप्ले र देउराली), गोरखा

स्थापना मिति

:

२०५३-१०-१५

क्षेत्रफल

:

१३१.८६ वर्ग कि.मी.

अवस्थिति

:

८४ २८" पूर्वी देशान्तर देखि ८४ ४२' पूर्वी देशान्तर र २७ ५४' १९" उत्तरी अक्षांसदेखि २८ ०२' ५९" उत्तरी अक्षांस

उचाई

:

समुन्दी सतहबाट ३२८ देखि १५२२ मिटरसम्म

जनसंख्या

:

महिला २८२११ पुरूष २४२५७  जम्मा ५२४६८ 

जनघनत्व

:

४३१ प्रवकिमि 

घरधुरी संख्या

:

१४९८८ 

 

राजनितिक तथा प्रशासनिक विभाजन

सिमाना

:

पूर्वमा भिमसेन र शहिलखन गाउँपालिका, पश्चिममा पालुङ्टार नगरपालिका, उत्तरमा सिरानचोक गाउँपालिका र दक्षिणमा शहिद लखन गाउँपालिका र तनहुँ जिल्ला

प्रदेश नं.:              

 गण्डकी

जिल्ला सदरमुकाम

:

गोरखा नगरपालिका

निर्वाचन क्षेत्र नं

:

२