FAQs Complain Problems

विभिन्न आ ब मा सम्पन्न कार्यक्रमहरुको बार्षिक समिक्षाको निचोडहरु

गोरखा नगरपालिकाद्धारा आ.व. २०७१।७२ मा सम्पन्न गरिएको योजना तथा कार्यक्रमको वारेमा
२०७२।४।२५ मा सम्पन्न वार्षिक प्रगती समिक्षा गोष्ठीको समष्टीगत निचोडहरु 

१) लक्षित वर्गको कार्यक्रमहरुको योजना छजौट देखि कार्यान्वयन सम्म लक्षित वर्गको सहभागिता हुनु पर्छ ।
२) गत विगत देखि चर्चामा रहेको भ्यूटावर नगरपालिकाले वनाउनु पर्छ ।
३) गोरखा नगरपालिकाले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने ।
४) गोरखा नगरपालिकाले स्थायी ल्याण्डफिल्ड साईट निर्माण गर्नुपर्ने ।
५) टोल विकास सस्थालाई अधिकार सम्पन्न वनाउनु पर्ने ।
६) गोरखा नगरपालिकाले कर्मचारीहरुको लागी क्षमता विकास कार्यक्रम ल्याउनु पर्ने ।
७) गोरखा नगरपालिकाले भवन निर्माण संहिता २०६० लागू गर्नुपर्ने
८) गोरखा नगरपालिकाले वजार व्यवस्थापन तथा ढल निकासको योजना ल्याउनुपर्ने ।
९) गोरखा नगरपालिकाले दीर्घकालिन गुरुयोजना वनाएर लागु गर्नु पर्ने

 

 

आ ब 2070-71 मा सम्पन्न कार्यक्रमहरुको बार्षिक समिक्षा (2071-5-13) को निचोड

१) गोरखा नगरपालिकाले राखेको दीर्धकालिन सोच अनुसार रकम,योजना तथा कार्यक्रम प्रस्तावित हुनु पर्ने ।

२) कर असुलीको दर राम्रो रहेकोले यसलाई निरन्तरता दिदै करको दायरा फराकिलो वनाउनु पर्ने ।

 ) विभिन्न आयोजना तथा कार्यक्रमको अनुगमन प्रक्रिया व्यवस्थित तथा सर्वसुलभ वनाउनु पर्ने ।

५) नगरपालिकाको आवधिक योजना वनाई कार्यान्वयनमा ल्याउनु पर्ने ।

६) नगरपालिकाद्धारा प्रदान गरिने सेवा प्रवाहाको गुणस्तरमा वृद्धि गर्नुपर्ने ।

७) नगरपालिकाले फोहोरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साइट स्थापना ,ढल निकासको व्यवस्थापनमा विशेष चासो दिनुपर्ने।

८) विगत वर्ष देखि सञ्चालन हुन नसकेको सामाजिक परिचालन कार्यक्रम सञ्चालन हुनुपर्ने ।

९) जिल्ला स्थित विषयगत कार्यालय एवं गैरसरकारी कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नगरपालिकाले थाहा पाउनु पर्ने ।

१०)फोहोर मैला व्यवस्थापन, आन्तरिक राजश्व वृद्धि, वातावरण संरक्षण, वृक्षारोपण पर्यटन विकास , आय आर्जन तथा सस्कृती संरक्षण जस्ता कार्यक्रम नीजि क्षेत्रको साझेदारीमा हुनु पर्ने ।

११) जिल्ला विकास समितिले विनियोजन गर्ने ३ लाख सम्मको रकम रहेको योजना नगरपालिकावाट नै कार्यान्वयन हुनु पर्ने