सूचना तथा समाचार

गोरखा नगरपालिका कार्यालयको नक्सापास सम्बन्धी अत्यन्त जरुरी सूचना

यस नगरपालिका गठन भई विधिवत संचालनमा आएको २०५४ अषाढ मसान्त पूर्व र न.पा. को क्षेत्र विस्तार भइ गाबिन आएका साबिकका फिनाम र नारेश्वोर गा.वि.स. मा २०७१ मग्सिर मसान्त पूर्व निर्मित भवन तथा अन्य संरचनाहरुको नक्सा पास गर्न २०७३ असार मसान्त सम्मको समय दिई आबेदन आब्हान गर्ने र प्राबिधिक चेकजाच गराई साबिक मापदण्ड र न. पा. को नक्सा पास तथा भबन निर्माण निर्देशिका २०६७ एव हाल जारी सडक मापदण्ड अनुसार हुन आएमा नक्सा पास प्रक्रिया अगाडि बढाउने भनि नवौ नगर परिषद बाट निर्णय भएकोले सबै नगरबासीहरुमा यो सूचना प्रकाशित गरिएको छ ǀ

नारेश्वरका भुकम्प पिडित लाभग्राहीहरुको सुची प्रकाशित भएको वारे

२०७२ साल वैशाख १२ गते गोरखाको वार्पाक केन्द्रविन्दु भइ गएको विनासकारी भुकम्पवाट क्षति भएका घरधुरीहरुको तथ्याङ्कको लागि तथ्याङ्क विभागले खटाएको टोलीले दिएको विवरणका आधारमा आज २०७३ साल वैशाख १२ गते नै पिडित लाभग्राहीहरुको नामावलि प्रकाशित भएको छ।जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी

घरनक्साको लागि संस्था सुचिकृत भएको वारे

घरको नक्सा वनाउनका लागि गोरखा नगरपालिकाको कार्यालयमा सुचिकृत भएका संस्थाहरुको नाम तथा सम्पर्क नम्वर तल दिइएको फाइलमा उल्लेख गरिएको छ।डाउनलोड गरी हेर्न सक्नुहुनेछ।

गोरखा नगरपालिकाको वडा नागरिक मंच गठन गर्ने सम्बन्धि सम्पूर्ण वडाबासीलाई सुचना

गोरखा नगरपालिका अन्तर्गत हरेक वडामा वडा भेलाबाट वडा नागरिक मंच गठन गर्नुपर्ने कार्यक्रम रहेकाले  वडा नं. १ देखि वडा नं. ११ सम्म निम्न मिति, समय र स्थानमा सम्पूर्ण नगरबासिहरुलाई सकृय उपस्थितिको लागि सादर अनुरोध छ I

प्रथम चौमासिकको सामाजिक सुरक्षा वितरण वारेमा

आदरणिय नगरवासी दाजुभाइ तथा दिदि वहिनीहरु नगरपालिका क्षेत्र भित्रका सामाजिक सुरक्षा भत्ता खान योग्य जेष्ठ नागरिक, जेष्ठ दलित, एकल महिला, अपाङ्ग , ५ वर्ष मुनिका दलित वालवालिकाहरुलाइ  आव २०७२-७३ को पहिला चौमासिक अवधीको रकम यहि दशैं अगावै वितरण गर्न कार्यक्रम रहेकोले सो समयमा नगरपालिका कार्यालयमा सम्

अन्तरबार्ता सम्बन्धि सूचना

गोरखा नगरपालिका मा बिज्ञापन भै हालसालै मात्रै लिखत परिक्षा मा सफल हुने परिक्षार्थीहरुको निम्न मिति समय मा अन्तरबार्ता हुने तय भएकाले सफल परिक्षार्थीहरुलाइ उपस्थितिको लागि आह्वान गरिन्छ।

सिभिल इन्जिनियर :- २०७२.५.७ दिनको ११ बजे

सव इन्जिनियर :-२०७२.५.७ दिनको १ बजे

समिक्षा गोष्ठी सम्वन्धमा

निम्न मिती , समय र स्थानमा गोरखा न पामा आ व २०७१-७२ मा सम्पन्न योजना तथा गतिविधिको वारेमा समिक्षा गोष्ठी सञ्चालन हुन लागेको हुदा सम्पुर्ण महानुभावहरुमा उपस्थिति को लागि हार्दिक अनुरोध छ।

मिति- २०७२-०४-२५

समय- दिनको ११ वजे

स्थान- गो न पा कार्यालय

सामाजिक परिचालकको आवश्यकता सम्बन्धी सूचना

सामाजिक परिचालकको आवश्यकता सम्बन्धी सूचना 
 

सामाजिक परिचालकको आवश्यकता

प्रथम पटक प्रकाशित मिति : २०७२।०२।१२

 

सार्वजनिक सुनुवाइ सम्पन्न भएको सम्वन्धमा

फिनाममा सार्वजनिक सुनुवाइमा सहभागीहरु

गोरखा नगरपालिकामा वर्षभरि सम्पन्न भएका योजना तथा अन्य गतिविधिको वारेमा जानकारी तथा अन्तर्क्रिया गर्नको लागि वडा नंं १२,१३ स्थित वडा कार्यालय फिनाममा मिती २०७१-३-३० मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। गोरखा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रा थापा मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त सार्वजनिक सु

Pages