FAQs Complain Problems

सिसि.क्यामेरा, पानीको फोहरा तथा फ्री वाईफाईको उद्घाटन

गोरखा नगरपालिकाले सिसि क्यामेरा, पानीको फोहरा तथा फ्री वाईफाईको उद्घाटन गरेको छ | उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, नगर प्रमुख,नगर उप-प्रमुख, वडा अध्यक्षहरु, प्रहरी प्रमुख तथा अन्य कर्मचारी एवं पत्रकारको संलग्नता रहेको थियो | .व ७५/७६ को विनियोजित उक्त कार्यक्रमहरु मध्ये सिसि क्यामेरा  १.खोलखोले-चाइनिजधारा-पेट्रोलपम्प-लोकतान्त्रिक चोक-बिसौनीमोड-पुरानो बसपार्क-नयाँ बजार हुँदै नयाँ बसपार्क, २. पुरानो बसपार्क-बि.पी चोक-धारापानी-रोहटेपानी, ३. बि.पी चोक-पदेली-ठुलो आँगन-तिनधारे-पाटेचौर-गोरखा अस्पताल-घ्याम्पेसाल बसपार्क हुँदै लोकतान्त्रिक चोक सम्म जडान गरिएको हो | गोरखा नगरपालिकाको रु. १८,००,००० र सामुदायिक सेवा केन्द्रले विभिन्न टोल संस्था तथा वित्तिय संस्थाबाट लागत सहभागिता स्वरुप रु. ३,००,००० गरी जम्मा रु. २१,००,००० मा उक्त क्यामेरा जडान गरिएको हो | ४ वटा पि टि जेट र ३५ वटा फिक्स्ड क्यामेरा सहितको जडान गरिएको छ | 

बसपार्क स्थिति गोरखा नगरपालिका द्वारा निर्माणाधीन पानीको फोहरा उद्घाटन गरेको छ | गोरखामा पर्यटक भित्र्याउने प्रमुख एजेन्डाका साथ निर्माणाधीन उक्त फोहराको कुल लागत रु. ११,००,००० रहेको छ |

गोरखा नगरपालिकाले प्रमुख ठाउँमा फ्री वाई-फाई जडान गर्ने योजनाका साथ उक्त कार्य गोरखा संग्रहालय परिसरबाट उद्घाटन गरेको छ | गोरखालाई पर्यटकीय नगरी बनाउने मूल एजेन्डाका साथ नगरपालिकाले उक्त वाई-फाई गोरखा संग्राहलय सहित गोरखा दरबार, भीमसेन पार्क, पश्चिम्काली, चिल्ड्रेन पार्क, पुरानो बसपार्क र लोकतान्त्रिक चोकमा बिस्तार गरिनेछ | उक्त कार्यक्रमको कुल लागत रु. ७ लाख लाग्नेछ |