FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली (अनलाइन) बारे ट्रेनिंग तथा अभिमुखीकरण कार्यक्रम समापन

गोरखा नगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीको बारेमा वडा सचिवहरुलाई ३ दिने तालिम तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो | कार्तिक १७, १८ र १९ गतेका दिन संचालन भएको उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो | साथै उपस्थितिमा नगर उप-प्रमुख विना कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमारी श्रेष्ठ लगायत अन्य शाखा प्रमुखहरु रहनु भएको थियो | ३ दिन संचालन भएको उक्त कार्यक्रममा व्यक्तिगत घटना दर्ता तर्फ जन्म दर्ता,   विवाह दर्ता, सम्बन्ध बिच्छेद, बसाई सराई तथा मृत्यु दर्ताको बारेमा सिकाइएको थियो भने सामाजिक सुरक्षा तर्फ लाभग्राहिको विवरण भर्ने तरिका, नवीकरण,  प्रमाणीकरण, अभिलेखिकरण   तथा लगत कट्टाको बारेमा सिकाइएको थियो | उक्त कार्यक्रम पश्चात यससंग सम्पूर्ण कामकाज अनलाइन मार्फत सुचारू हुने बिस्वास लिईएको छ |