FAQs Complain Problems

वडा नं ३ मा सम्मान कार्यक्रम

गोरखा नगरपालिकाले वडा नं ३ मा जेष्ठ नागरिक तथा अपाङ्गहरुको लागि सम्मान एवं बालबालिकाहरुका लागि सामग्री र झोला साथै सुत्केरी महिलाहरुका लागि प्रोत्साहन कार्यक्रम गरिएको छ | उक्त कार्यक्रमको आयोजक गोरखा नगरपालिका वडा  नं ३ को कार्यालय रहेको थियो र कार्यक्रमको अध्यक्षता वडा नं ३ का वडा अध्यक्ष श्री राम बहादुर बोगटी ज्युले गर्नु भएको थियो | साथै कार्यक्रममा प्रमुख अतिथिमा प्रदेश नं ४ भौतिक पुर्बाधार विकास मन्त्रि एवं मन्त्रिपरिषदका प्रबक्ता श्री रामशरण बस्नेत ज्यु रहनु भएको थियो भने अतिथिमा गोरखा नगरपालिकाको प्रमुख श्री राजन राज पन्त ज्यु, नगरपालिकाको उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री  प्रदिप राज अधिकारी रहनु भएको थियो |