समाचार
भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको नक्सा पास स्टुडियो गोरखा न. पा मा नगर प्रमुखद्वारा उद्घाटन
भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको नक्सा पास स्टुडियो गोरखा नगरपालिकामा उद्घाटन भएको छ| उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख श्री राजन राज पन्त ज्यु र UNDP का सहायक कन्ट्री डाइरेक्टर श्री बिजय सिंहद्वारा भएको थियो| यस नक्सा पास स्टुडियोमा जनताले नि:शुल्क नक्सा बनाउन पाउने छन्| विभिन्न वडा अध्यक्ष, नगर कार्यपालिकाको सदस्य, UNDP को कर्मचारी तथा पत्रकारहरुको संलग्नतामा उक्त कार्यक्रम समापन भयो|



