FAQs Complain Problems

फोहर मैला व्यवस्थापन तथा सरसफाई सेवा शुल्क सम्बन्धि १ दिने छलफल तथा अभिमुखीकरण कार्यक्रम

गोरखा नगरपालिकाले फोहर मैला व्यवस्थापन तथा सरसफाई सेवा शुल्क सम्बन्धि १ दिने छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्बन्धि कार्यक्रमको आयोजना गरेको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो भने अन्य उपस्थितिमा प्र.प्र.अ कृष्ण कुमारी श्रेष्ठ, विभिन्न शाखाका शाखा प्रमुख लगायत टोल विकाश संस्थाका पदाधिकारी तथा पत्रकारहरु हुनुहुन्थ्यो | नगर क्षेत्र भित्र संकलन हुने फोहर मैला कसरी व्यवस्थापन गर्न सकिन्छ र सो सेवा लिए बापतको कर कति तिर्नुपर्छ भन्ने जानकारी दिनका लागि आयोजित उक्त कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो |