FAQs Complain Problems

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो

गोरखा नगरपालिकाले भब्य रुपमा २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । गोरखा नगरपालिकाको अगुवाई र विभिन्न संघसंस्थाको सहकार्यमा उक्त कार्यक्रम समापन भयो । गोरखा नगरपालिकाले पौष २६ गते र पौष २७ गते दुई दिन कार्यक्रम गरेको छ । पौष २६ गते प्रवचन तथा अन्तरक्रिया कार्यक्रम तथा पौष २७ गते ऱ्याली तथा कोणसभा गरेको छ ।

प्रवचन कार्यक्रममा इतिहासविद् डाक्टर डोलराज काफ्लेले गोरखा राज्यको इतिहासमा शिखर पुरुष बडामहाराजधिराज पृथ्वीनारायण शाह विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले आफ्नो ५२ बर्षको जिवनमध्ये पृथ्वीनारायण शाहले नेपाल एकिकरणमा ३२ बर्ष विताएको जानकारी दिनुभयो । यसै कार्यक्रमका बीच नगरपालिकाले गोरखा गीत सार्वजनिक गरेको छ ।

पौष २७ गते ऱ्याली हरमटारी चोक, शक्तिचोक, बसपार्क हुँदै गोरखा संग्रहालय पुगेको थियो । संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिक नजिक कार्यक्रम भएको हो । गोरखा नगरपालिकाका नगर प्रमुख राजन राज पन्तको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको थियो । साथै गोरखा नगरपालिकाकी नगर उप-प्रमुख विना कुमारी श्रेष्ठ, प्र.जि.अ देवेन्द्र लामिछाने,गोरखा नगरपालिकाकी प्र.प्र.अ कृष्ण कुमारी श्रेष्ठ, नेपाली काँग्रेसका सुकदेव दवाडी, समाजवादी पार्टीका नारायण खत्री, राप्रपाका शंकर अधिकारी, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष मोहनलाल श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नेपाली सेनाको रणसिं दल गणको टुकडीले शाहको सम्मानमा सलामी अर्पण गरेको थियो ।