FAQs Complain Problems

पूर्ण खोप दिगोपनाको लागि सुक्ष्म योजना तर्जुमा कार्यक्रम समापन

पूर्ण खोप दिगोपनाको  लागि सुक्ष्म योजना तर्जुमाको २ दिने कार्यक्रम समापन भएको छ| उक्त कार्यक्रम जेष्ठ ३० र ३१ गते गो. न. पा ६ मा भएको थियो | उक्त कार्यक्रमको अध्यक्ष्यता नगर प्रमुख श्री  राजन राज पन्त ज्युले गर्नु भएको थियो | साथै अतिथिमा नगरपालिकाकी उप प्रमुख श्री  विना  कुमारी श्रेष्ठ   र प्रमुख प्रशासकिय अधिकृत श्री   प्रदिप राज  अधिकारी ज्यु ले गर्नु भएको थियो | गो. न. पा भित्रको सबै वडाहरुमा सबै   बच्चाहरुले (जन्मिएदेखि १२ महिना सम्मका) खोप लगाइ सुनिश्चित गरिएको र १२  देखि २३ महिना सम्मको बच्चाको घरधुरी सर्बेक्ष्यण गरी   पूर्ण खोपको यकिन गरिएको थियो | उक्त कार्यक्रममा जनस्वास्थ कार्यालय  ले प्रशिक्षण सहयोग गरेको थियो |