FAQs Complain Problems

गोरखा नगरपालिका, QRCS र UNDP को संयुक्त WASH कार्यक्रम अन्तर्गत अस्पतालजन्य फोहोर मैला ब्यबस्थापन सम्बन्धि बिज्ञसंग अन्तरक्रिया कार्यक्रम

गोरखा नगरपालिका, QRCS र UNDP को सहकार्यमा संचालन भैरहेको WASH कार्यक्रम अन्तर्गत अस्पतालजन्य फोहोर मैला ब्यबस्थापन कार्यक्रम संचालन भएको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्युले गर्नु भएको थियो र अतिथिमा उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ हुनुहुन्थ्यो | साथै अन्य उपस्थितिमा गोरखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमारी श्रेष्ठ, गोरखा नगरपालिकाको कर्मचारीहरु, जिल्ला अस्पताल प्रमुख तथा स्वास्थ्यकर्मीहरु र UNDP का कर्मचारीहरु हुनुहुन्थ्यो | उक्त कार्यक्रममा अस्पतालजन्य फोहोर मैला ब्यबस्थापन कसरि गर्ने र कसरी फोहोर मैला पुन: प्रयोग  गर्ने भन्ने विधिको बारेमा छलफल भएको  थियो |