FAQs Complain Problems

गोरखा नगरपालिका सडक मानव मुक्त नगरपालिका घोषणा

गोरखा नगरपालिका सडक मानव मुक्त नगरपालिका घोषणा भएको छ l आज एक समारोह का बिच नगर प्रमुख राजन राज पन्त ज्यू ले गोरखा नगरपालिकालाई सडक मानव मुक्त नगरपालिका घोषणा भएको जानाकारी गराउनु भयो l गोरखा नगरपालिका र मानव सेवा आश्रम गोरखाको सयुक्त आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि मानव सेवा आश्रम का संरक्षक डा. गोबिन्द टन्डन ,जिल्ला समन्वय समिति गोरखा का सभापति अशोक गुरुङ ,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाली काँग्रेस बाट बिस्वदेव श्रेष्ठ, समाजसेबी सित्तल काजी मास्के, अभियन्ता रामजी अधिकारी हरुले आ - आफ्नो मन्तब्य ब्यक्त गर्नुभयो l