FAQs Complain Problems

गणतन्त्र दिवस मनाइयो

गोरखा नगरपालिकाले गणतन्त्र दिवस मनाएको छ | उक्त दिवस प्रभातफेरी कार्यक्रम आयोजना गरी मनाइएको थियो | उक्त प्रभातफेरी कार्यक्रम जिल्ला समन्वयको प्रांगणबाट सुरु भएर गोरखा संग्रहालयमा गएर टुंगिएको थियो | विभिन्न कार्यालय, टोल विकास संस्था तथा अन्य गैरसरकारी संस्थाको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न किसिमका संस्कृतिक कार्यक्रम सहित कार्यक्रम समापन भएको थियो |