FAQs Complain Problems

समाचार

आधारभूत शिक्षा उतिर्ण परिक्षा सुरुवात

कक्षा ८ को अन्तिम परिक्षा(आधारभूत शिक्षा उतिर्ण परिक्षा)शान्तिपूर्ण संचालन भएको छ। उक्त परिक्षामा १२९२ विद्यार्थी सामेल भएका छन्। जसमा ९२१ जना सामुदायिक तर्फका छन् भने ३७१ जना संस्थागत तर्फका छन्। नगरपालिकामा संचालन उक्त परिक्षामा कुल ३१ परिक्षा केन्द्र तोकिएको छ। यसमा सामुदायिक तर्फ २१ तथा संस्थागत तर्फ १० परिक्षा केन्द्र रहेका छन्। मर्यादित रुपमा संचालन भइरहेको यस परिक्षा अन्तिम समय सम्म पनि मर्यादित र शान्ति पूर्ण रुपमा सम्पन्न हुने गोरखा नगरपालिका अपेक्षा गर्दछ। फाल्गुन २८ गतेबाट संचालन भएको उक्त परिक्षा चैत्र ६ गते सम्म संचालन हुनेछ र यस परिक्षाको नतिजा चैत्र २५ भित्र प्रकाशन हुने छ।