समाचार
खेलकूद प्रशिक्षण केन्द्र निर्माणका लागि गोरखा नगरपालिका र ANFA बीच सम्झौता
गोरखा नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच मिति २०७६/०४/२२ गते खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ। जिल्ला फुटबल संघ गोरखाको समन्वयमा बुधवार नगरप्रमुख राजनराज पन्त र एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो गोरखा नगरपालिका-१० को दरौँदी किनारमा रहेको छेवेटार खेलमैदान सँगै खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्न लागिएको हो | छेवेटारमा बन्ने खेलकुद प्रशिक्षण केन्द्रमा चार सय भन्दाबढि ग्रासरुटका खेलाडीलाई आलोपालो प्रशिक्षण दिन सकिनेछ। त्यहाँ सुविधा सम्पन्न चेन्जिङ रुम, कार्यालय, जिम हल, कफि सप पनि निर्माण हुनेछ। नगरपालिकाले गत दुई वर्षमा ५० लाख भन्दा बढि खर्च गरेर स्तरीय मैदान तयार गरेको थियो | प्रशिक्षण केन्द्रका लागि गोरखा नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ मा रु. ६० लाख बिनियोजन गरेको छ र ANFA को रु.६० लाख बजेटको साझेदारीमा उक्त प्रशिक्षण केन्द्र स्थापना गरिने छ |