FAQs Complain Problems

समाचार

जनताबाट जनतालाई सहयोग: पुनर्लाभ र पुनर्निर्माणद्वारा उत्थानशील समुदाय निर्माण (P2P Project) परियोजना शुभारम्भ

जनताबाट जनतालाई सहयोग: पुनर्लाभ र पुनर्निर्माणद्वारा उत्थानशील समुदाय निर्माण (P2P Project) परियोजना गोरखा नगरपालिकामा शुभारम्भ भएको छ | उक्त कार्यक्रमको अध्यक्ष्यता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो भने अतिथिमा नगर उप-प्रमुख विना कुमारी श्रेष्ठ तथा अन्य उपस्थितिमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमारी श्रेष्ठ, नगरपालिकाका शाखा प्रमुखहरु, अन्य कार्यालयका कार्यालय प्रमुखहरु, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोर जंग थापा लगायत अन्य पत्रकारको उपस्थिति रहेको थियो | विपत व्यवस्थापनको लागि IOM र गोरखा नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रम २० लाख अमेरिकी डलर बजेट रहेको र २४ महिना (२ वर्ष) को अवधिसम्ममा समापन हुनेछ |