FAQs Complain Problems

गोरखा नगरपालिकाद्वारा आ.व ०७६/७७ को लागि ९४ करोड बजेट प्रस्तुत

गोरखा नगरपालिकाले २०७६ असार १० गते मंगलबार पाँचौ नगर सभा आयोजना गरेको छ | नगर प्रमुख श्री राजन राज पन्त ज्यूको अध्यक्षतामा उक्त सभा आयोजना गरिएको थियो | नगर प्रमुखद्वारा आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम तथा उप-प्रमुखद्वारा प्रस्तुत विनियोजन तथा आर्थिक विधेयक २०७६ सर्वसम्मतले पास भएको छ |आगामी आर्थिक वर्षका लागि गोरखा नगरपालिकाले ९४ करोड ६८ लाख ८९ हजार ९४० रुपैयाको बजेट उक्त सभामा पेश भएको थियो | प्रस्तुत नीति तथा कार्यक्रममा गोरखा नगरपालिका र बेलायतको ग्रेटर रशमुर काउन्सिल बीच भगिनी सम्बन्ध स्थापना गर्ने, एक वडा एक नमुना विद्यालय स्थापना गर्ने, शिक्षामा भइरहेको निजीकरण तथा व्यापारीकरणलाइ न्यूनीकरण गर्ने, शैक्षिक संस्थाको अनियमित शुल्क असुलीलाई नियमन र नियन्त्रण गर्ने, नगर प्रमुख विपन्न ज्येष्ठ समुदाय बिमा कार्यक्रम लागू गर्ने, मेयर कपलाइ निरन्तरता दिने तथा गोरखा गोल्डकप आयोजना गर्ने, गैरसरकारी संस्था समन्वय इकाई स्थापना गर्ने, बालमैत्री वडा स्थापना गर्ने, सबै महिलालाई साक्षरता अभियान संचालन गर्ने, गोरखा नगरपालिकालाई माक्षा उत्पादन क्षेत्रको रुपमा स्थापना गर्ने,मर्स्याङदी करिडोरलाइ माक्षा पकेट जोनको रुपमा घोसणा गर्ने, एक वडा वक पोखरी कार्यक्रम संचालन गर्ने, प्राङ्गारिक मलमा ५० प्रतिसत अनुदान दिने, भीमसेन पार्कमा भीमसेन थापाको पूर्ण कदको सालिक स्थापना गर्ने, पर्यटकीय मार्गहरु स्थापना गर्ने, भ्यू टावर स्थापना गर्ने, फ्री वाईफाई जोन विभिन्न स्थानमा स्थापना गर्ने लगायतका कार्यक्रम रहेका छन् |