FAQs Complain Problems

बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा गरेको प्रगति र कार्यक्रमको विवरण पारदर्शी रुपमा समिक्षा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्युले गर्नु भएको थियो | साथै  आ. व ७४/७५ को प्रगति र त्यस आर्थिक वर्षको कार्यक्रमको विवरण ई.प्रकाश ढकाल ज्युले पेस गर्नु भएको थियो | उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा समन्वय समितिका सदस्य श्री मान प्रसाद धिताल ज्युको उपस्थिति साथै विभिन्न कार्यालयको कार्यालय प्रमुखको उपस्थिति रहेको थियो | जम्मा वार्षिक बित्तिय प्रगति प्रतिशत ९४. ०७ रहेको थियो |