FAQs Complain Problems

सामाजिक जवाफदेहिताका औजारहरुका बारे २ दिने अभिमुखी कार्यक्रम सम्पन्न

गोरखा नगरकार्यपालिकाको सदस्यलाई २ दिने सामाजिक जवाफदेहिताका औजारका बारेमा तालिम दिईएको छ | गोरखा नगरपालिका र सोच नेपाल को संयुक्त आयोजनामा आयोजना भएको उक्त कार्यक्रम २०७५ भाद्र १७ र १८ गते संचालन भएको थियो | गोरखा नगरपालिकाको कार्यक्रम तथा योजनालाई पारदर्शी रुपमा अघि बढाऊन र नगरलाई सुशासनमैत्री बनाउने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो | सो दुई दिने कार्यक्रममा जवाफदेहिताका ६ वटा औजार सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजनिक लेखा परिक्षण, सार्वजनिक खर्चको सोधखोज र सामुदायिक अंकपत्रका बारेमा जानकारी दिईयो | कार्यक्रममा दिगो विकास, शासन, सुशासनका लगायतका विषयमा समेत जानकारी दिईएको थियो |