FAQs Complain Problems

पूर्ण खोप दिगोपनाको लागि सुनिस्चितता तथा पूर्ण खोप निरन्तरता दिवस मनाइयो

गोरखा नगरपालिकाले पूर्ण खोप सुनिस्चित गर्दै पूर्ण खोप निरन्तरता दिवस मनाएको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्युले गर्नु भएको थियो | साथै उपस्थितिमा र नगरपालिकाकी उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ, जिल्ला समन्वय समितिको प्रमुख अशोक गुरुङ, जिल्ला जनस्वास्थ्यका प्रमुख, जिल्ला अस्पतालका प्रमुख, वडा अध्यक्ष्य, वडा सचिव, पत्रकार तथा अन्य महानुभाब रहनुभएको थियो | पुर्ण खोप दिगोपनाको लागि संचालित क्रियाकलापहरु ः–

1. मासिक रुपमा नियमित खोप कार्यक्रम २९ केन्द्र मार्फत गो.न.पा.भित्र संचालन ।
2. पुर्ण खोप दिगोपनाको लागि सम्बन्धित सरोकारवाला हरुसंग १ दिने गोष्ठि ।
3. शुष्म खोप योजना तर्जुमा २ दिने गोष्ठि सम्पन्न ।
4. बैशाख महिनालाई खोप महिना रुपमा मनाईएको ।
5. महिला स्वास्थ्य स्वायंम सेबिका संग अन्तरक्रिया ।
6. वडा खोप समन्वय समिति गठन ।
7. जन्मेदेखि २३ महिना बालबालिकको डाटा संकलन ।
8. डाटा भेरिफिकेसन तथा अनुगमन |
9. डाटा प्रमाणिकरण |