FAQs Complain Problems

सामाजिक परिचालकको आवश्यकता सम्बन्धी सूचना

सामाजिक परिचालकको आवश्यकता सम्बन्धी सूचना 
 

सामाजिक परिचालकको आवश्यकता

प्रथम पटक प्रकाशित मिति : २०७२।०२।१२

 

गोरखा नगरपालिकाको कार्यालय गोरखा अन्तर्गत संचालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) को सहयोगमा स्रोत व्यवस्थापन तथा दिगो सामुदायिक विकास केन्द्र, गोरखा र बाल स्वास्थ्य र बातावरण बचाउ समाज, नेपाल (CHESS) द्वारा  स्थानीय सेवा प्रदायक संस्था भई सामाजिक परिचालन सम्बन्धी गतिविधिहरु संचालन गर्न सामाजिक परिचालक आवश्यक भएको हुँदा निम्नानुसार योग्यता पुगेका इच्छुक व्यक्तिहरुबाट दरखास्त आव्हान गरिन्छ ।

क) पद : सामाजिक परिचालक

ख) काम गर्नुपर्ने स्थान : गोरखा नगरपालिकाका निम्न वडाहरुः

वडाहरुः स्थानीय सेवा प्रदायक संस्थाः

वडा नं १,२,४,१२,१४ दिगो सामुदायिक विकास केन्द्र, गोरखा

वडा नं ३,५,६,७,८,९,१०,११ बाल स्वास्थ्य र बातावरण बचाउ समाज, नेपाल (CHESS)

ग) आवश्यक पद संख्या : प्रति वडा १ (एक) जना

घ) सेवाको किसिमः करार

ङ) न्युनतम योग्यता : 

  १. मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा कक्षा १२ उतिर्ण वा सो सरह उतिर्ण वा प्रवेशिका परिक्षा उतिर्ण गरी CTEVT बाट सम्बन्धन प्राप्त संस्थाहरुबाट सामाजिक परिचालन सम्बन्धी १२ महिने तालिम उतिर्ण गरेका महिला हुनुपर्नेछ । आर्थिक, सामाजिक र सास्कृतिक रुपले पछि परेका विवाहित महिला उम्मेद्वारलाई प्राथमीकता दिईने छ ।

   २. दरखास्त दिने अन्तिम मितिसम्ममा २१ बर्ष उमेर पुरा भएको हुनुपर्नेछ ।

   ३. उम्मेद्घवार सम्बन्धित वडामा स्थायी बसोवास गरेको हुनुपर्नेछ ।

   ४. सामाजिक परिचालन तथा सामुदायिक विकासको क्षेत्रमा कम्तीमा २ बर्ष अनुभब भएको ।

   ५. प्रचलित कानुनले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको ।

च) परिक्षाको किसिम : लिखित तथा अन्र्तवार्ता

ज) दरखास्तका साथ पेश गर्नुपर्ने कागजात :

   १. हस्त लिखित आवेदन 

   २. शैक्षिक योग्यता तथा अनुभवका प्रमाण पत्रको प्रतिलिपि

   ३. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

   ४. पासपोर्ट साईजको फोटो २ प्रति 

झ) आवेदन दिने अन्तिम मिति : २०७२ ज्येष्ठ २६ गते सोमबार अपरान्ह ५ः०० बजे भित्र सम्बन्धित स्थानीय सेवा प्रदायक संस्थाको कार्यालयमा ।

ञ) छनौट परीक्षा मिति र स्थान : आवेदनको अन्तिम दिन जानकारी गराईनेछ ।

ट) तोकिएको समयमा वा रित नपुगी प्राप्त भएको दरखास्त स्वत रद्द हुनेछ ।

ठ) ऋार्थिक बर्ष २०७०।०७१ मा गोरखा नगरपालिकामा आवेदन दिएका आवेदकले आवेदन दिने अन्तिम मिति सम्म सम्बन्धित संस्थामा सम्पर्क राख्नुपर्नेछ ।

 

आवेदन दिने ठेगाना :

दिगो सामुदायिक विकास केन्द्र, गोरखा

गो.न.पा. ६, पाडें प्रतिक्षालय मार्ग

सम्पर्क ब्यक्ति : मीना अधिकारी,   फोन नं ९८५६०४०६२० वडा नं १,२,४,१२,१४

 

बाल स्वास्थ्य र बातावरण बचाउ समाज, नेपाल (CHESS), हरमटारी ३, गोरखा ।

सम्पर्क ब्यक्ति : रविन्द्र मिश्र,   फोन नं ९८४१७१६३९० वडा नं ३,५,६,७,८,९,१०,११