FAQs Complain Problems

प्रथम चौमासिकको सामाजिक सुरक्षा वितरण वारेमा

आदरणिय नगरवासी दाजुभाइ तथा दिदि वहिनीहरु नगरपालिका क्षेत्र भित्रका सामाजिक सुरक्षा भत्ता खान योग्य जेष्ठ नागरिक, जेष्ठ दलित, एकल महिला, अपाङ्ग , ५ वर्ष मुनिका दलित वालवालिकाहरुलाइ  आव २०७२-७३ को पहिला चौमासिक अवधीको रकम यहि दशैं अगावै वितरण गर्न कार्यक्रम रहेकोले सो समयमा नगरपालिका कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ।साथै वडा १ देखि ११ सम्मका सामाजिक सुरक्षा भत्ता कृषि विकास वैङ्क मार्फत हुने र वाकी १२,१३,१४,१५ को सम्वन्धीत वडा कार्यालयवाट हुने छ तथा दलित वालवालिकाको पोषण भत्ता न पा कार्यालयवाटै वितरण हुने छ। थप जानकारीको लागि गोनपाको अडियो नोटिस वोर्ड नं १६१८०६४४२०२३२ डायल गर्न सकिनेछ।