FAQs Complain Problems

साझा सभा सम्पन्न

गोरखा नगरपालिकाको आयोजना र सोच नेपालको समन्वयमा साझा सभा आयोजना भएको छ | उक्त कार्यक्रमको अध्यक्षता  गोरखा नगरपालिकाका नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो | उक्त कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमारी  श्रेष्ठ, नगरपालिकाका अन्य कर्मचारी, पत्रकार महासंग गोरखाका सभापति श्री किशोर जंग थापा लगायत अन्य पत्रकार  तथा व्यक्तित्वको उपस्थिति रहेको थियो | गोरखा नगरपालिका भित्र भइरहेको पुनर्निर्माणको अवस्था र सो क्रममा जनताले भोग्नु परेको समस्या, चुनौती तथा भूकम्पपीडितको अवस्थाको बारे तथा नगरपालिकाको सेवा आदान प्रदान प्रक्रिया सम्बन्धि आयोजित उक्त कार्यक्रममा बोल्दै नगर प्रमुखले  स्रोतको अभाबका बाबजुत पनि विकासमा लागिपरेको र आफुले गरेको प्रतिबद्धता पुरा गरेरै छाड्ने भनाइ राख्नु भएको थियो |