FAQs Complain Problems

राष्ट्रिय विभूति भिमसेन थापाको २४४ औं जन्म जयन्ति मनाइयो

गोरखा नगरपालिका वडा नं. ४ को आयोजनामा राष्ट्रिय विभूति भिमसेन थापाको २४४ औं जन्म जयन्ति मनाइएको छ | गोरखा नगरपालिका-०४, पिपलथोक, भीमसेन थापा पार्कमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता गो.न.पा वडा नं.४ का वडा अध्यक्ष श्री खोप बहादुर अधिकारी ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिको आथिथ्यता गोरखा नगरपालिकाको नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो | साथै विशेष अतिथिमा गोरखा नगरपालिकाका नगर उप-प्रमुख विना कुमारी श्रेष्ठ ज्यू, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने ज्यू तथा अतिथिमा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमारी श्रेष्ठ ज्यू, प्रहरी उपरिक्षक ओम अधिकारी ज्यू, गोरखा संग्राहलयका प्रमुख नवराज अधिकारी, नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष श्री किशोर जंग थापा लगायत रहनुभएको थियो | उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख राजन राज पन्त ज्यूले एतिहासिक धरोहरको संरक्षण गर्न अब चुक्न चुक्न नहुने धारणा राख्दै भीमसेन थापाको जन्मस्थान पिपल्थोकलाई पर्यटकीय स्थलका रुपमा विकाश गर्न गोरखा नगरपालिकाले हरेक वर्ष बजेट छुट्याउदै आएको बताउनु भयो | गत वर्ष गोरखा नगरपालिकाले उक्त क्षेत्रमा ५० लाख बजेट छुट्याएको थियो भने आ.व. ०७६/७७ का लागि गोरखा नगरपालिकाले १ करोड ५० लाख बजेट छुट्याएको छ |