FAQs Complain Problems

योग शिविर संचालन

गोरखा नगरपालिकाले २ दिने योग शिविर संचालन गरेको छ | मिति २०७५/१०/०२ र १०/०३ गते संचालन हुने उक्त कार्यक्रमको अध्यक्षता गोरखा नगरपालिकाका नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो साथै प्रमुख अतिथिमा जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री अशोक कुमार गुरुङ, अतिथिमा सहायक प्रमुख जिल्ला अधिकारी श्री पुष्प राज पौडेल, प्रहरी उपरिक्षक् भोला बहादुर रावल, जिल्ला निर्वाचन कार्यालय प्रमुख नारायण प्रसाद सापकोटा, चेम्बर अफ कमर्शका भाइचन्द्र श्रेष्ठ, दरबार हेरचाह अड्डाका प्रमुख रामेश्वर कट्टेल, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोर जंग थापा लगायत विभिन्न कार्यालयका कर्मचारी, टोल विकाश संस्थाका पदाधिकारीको बाक्लो उपस्थिति रहेको थियो | मासनिक तथा शारीरिक सन्तुलन तथा रोगबिकार न्यूनीकरण गर्न आयोजित उक्त योग शिविरको प्रशिक्षक डा. राजु अधिकारी हुनुहुन्थ्यो | साथै गोरखा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको लागि सकारात्मक सोच तथा उचित आहार व्यवहार कार्यक्रम समेत माघ २ दिने संचालन भएको थियो |