FAQs Complain Problems

छेपेटारमा साझा सभा सम्पन्न

गोरखा नगरपालिकाले गोरखा नगरपालिका १०, छेपेटारमा साझा सभा आयोजना गर्यो| उक्त कार्यक्रम चैत्र १५ गते वडा नं १० को अध्यक्ष, नगर प्रमुख श्री राजन राज पन्त, उप प्रमुख श्री विना कुमारी श्रेष्ठ, राष्ट्रिय प्राधिकरण गोरखा कार्यालयका प्रमुख, पत्रकार तथा स्थानिय सर्बसाधारणको उपस्थितिमा भएको थियो| उक्त कार्यक्रममा गोरखा नगरपालिकाले दिने सेवाका बारेमा जानकारी गराई सर्बसाधारणको जिज्ञासा तथा समस्याको समेत समाधान गर्ने कुरामा गोरखा नगरपालिका सदैब तयार रहेको जानकारी नगर प्रमुख श्री राजन राज पन्त ज्युले दिनुभयो| साथै उप प्रमुख विना कुमारी श्रेष्ठ ज्युले  महिलालाई आफ्नो हकअधिकारको बारेमा आवाज उठाउन प्रेरणा दिइ आफ्नो तर्फ बाट हरेक सहयोग गर्ने समेत जानकारी दिनु भयो|