FAQs Complain Problems

गोरखा नगरपालिकाद्वारा स्वीडेनका सांसदलाई स्वागत

गोरखा नगरपालिकाको विशेष आमंत्रणमा २०७४/११/८ गते स्वीडेनका सांसदको टोलि एवं UNDP का कन्ट्री डाइरेक्टर समेतको टिम गोरखामा भुकम्प पछिको पुनर्निर्माण र पुनर्लाभ सम्बन्धि अनुगमनको सिलसिलामा गोरखा आइपुगेको थियो। गोरखा नगरपालिकाका नगर प्रमुख श्री राजन राज पन्त ज्युको अगुवाइमा उक्त कार्यक्रम संचालन भएको थियो। उक्त टोलीले UNDP को सहयोगार्थ तथा स्थानिय तह संगको मेलमिलापमा चलिरहेको प्रोग्रामको समेत अनुगमन गरेको थियो। गोरखा दरबारको पुरातात्विक संरचनाको समेत निरीक्षण गरेको उक्त टोलिले पुनर्निर्माण तथा पुनर्स्थापनाको प्रसंशा समेत गरेको थियो। गोरखा नगरपालिकाले गरेको कडा मेहेनतको पहिचान र प्रसंशा गर्दै यस नगरपालिकाले विकास तथा पुनर्स्थापनामा पुर्याएको सहयोगप्रति खुसि व्यक्त समेत उसै टोलीले गरेको थियो।