FAQs Complain Problems

क्षमता अभिवृद्धि तालिम सम्पन्न

गोरखा नगरपालिकाको आयोजनामा र कारितास नेपाल, सि.आर.यसको सहयोगमा २ दिने (असोज १८ र १९) क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ | उक्त तालिम पधादिकारी तथा कार्यपालिका सदस्यको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना भएको थियो | उक्त कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख राजन राज पन्त, नगर उपप्रमुख विना कुमारी श्रेष्ठ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गो.न.पा कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमारी श्रेष्ठ तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो | प्रशिक्षकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव श्री पुरुषोत्तम नेपाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष श्री स्वर्णिम वाग्ले, मानवसेवा आश्रमका रामजी अधिकारी तथा अधिवक्ता स्थानेश्वर दुवाडी रहनु भएको थियो |