FAQs Complain Problems

कोखेआहले (वडा नं. २) मा शहरी स्वास्थ्य केन्द्रको शिलान्यास

कतार रेड क्रेससेन्ट तथा गोरखा नगरपालिकाको संयुक्त लगानी तथा यूएनडीपीको प्राविधिक सहयोगमा कोखेआहले शहरी स्वास्थ्य केन्द्र स्थापनाको लागि शिलान्यास भएको छ | गोरखा नगरपालिकाका नगर प्रमुख श्री राजन राज पन्त ज्यूले उक्त केन्द्रको शिलान्यास गर्नुभएको थियो | २ रोपनी ४ आना जग्गामा निर्माण हुन गैरहेको उक्त केन्द्रको लागत ७१ लाख लाग्ने अनुमान गरिएको छ | वडा नं २ का अध्यक्ष रहम तुल्ला मियाँको अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमारी श्रेष्ठ, वडा नं. ४ का अध्यक्ष रामशरण अधिकारी, वडा नं.१ का अध्यक्ष हिक्मत बहादुर कुँवर, पत्रकार महासंघ गोरखाका सचिब नरहरी सापकोटा लगायतको सहभागिता थियो |