FAQs Complain Problems

समाचार

एकिकृत नगर योजना तर्जुमामा पुनलार्भ, पुननिर्माण, विपत जोखिम तथा जलवायु परिवर्तन अनुकुलबारे अभिमुखीकरण कार्यक्रम

गोरखा नगरपालिकाले एकिकृत नगर योजना तर्जुमामा पुनलार्भ, पुननिर्माण, विपत जोखिम तथा जलवायु परिवर्तन अनुकुलबारे अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ | NRA Nepal तथा संघीय मामिला मन्त्रालयको सहजीकरणमा र UNDP को सहयोगमा आयोजित उक्त कार्यक्रमा जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी, टोल विकास संस्था, पत्रकार तथा अन्य महानुभावहरुको उपस्थिति रहेको थियो | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो भने अतिथिमा नगर उप-प्रमुख विना कुमारी श्रेष्ठ रहनु भएको थियो | साथै सहजीकरणमा NRA Nepal का उप-सचिब दिब्यराज पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप-सचिब जीवलाल भुसाल तथा प्राविधिक विज्ञ जगन्नाथ अधिकारी हुनुहुन्थ्यो |