FAQs Complain Problems

१०८ औँ महिला दिवस मनाइयो

गोरखा नगरपालिकाले १०८ औँ महिला दिवसको उपलक्ष्य मा अन्तरक्रिया कार्यक्रम गरेको छ। "आर्थिक सक्तिकरण सहितको महिला जागरण, ग्रामिण तथा सहरी  महिला को जिबनस्तर रुपान्तरण " नारा का साथ आयोजित उक्त कार्यक्रम नगरपालिकाकी उपप्रमुख श्री बिना कुमारी श्रेष्ठ ज्युको अध्यक्षतामा संचालन गरियो। यस कार्यक्रममा प्रमुख अथितिमा जिल्ला समन्वय समितिका प्रमुख श्री अशोक कुमार गुरुङ्ग ज्यु, बिशेष अतिथिमा प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्र बस्नेत ज्यु तथा अतिथिमा गोरखा नगरपालिकाका नगर प्रमुख श्री राजन राज पन्त ज्यु, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री कृष्ण कुमार श्रेष्ठ ज्युले आफ्नो मन्तव्य राख्नु भएको थियो। उक्त कार्यक्रममा अधिवक्ता थानेश्वोर दवाडी ज्यु तथा प्रहरी निरिक्षक मोहन खड्का ज्युले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। विभिन्न भातृ संगठन का पदाधिकारी, टोल विकाश संस्था, विभिन्न समूह, क्लब तथा पत्रकार गरि २५० जनाको उलेख्य सहभागिता उक्त कार्यक्रममा रहेको थियो।