FAQs Complain Problems

सामुदायिक सरसफाई, स्वास्थ्य तथा पूर्वाधार विकास परियोजना सम्बन्धि प्रारम्भिक छलफल कार्यक्रम

गोरखा नगरपालिकामा सामुदायिक सरसफाई, स्वास्थ्य तथा पूर्वाधार विकास परियोजना सम्बन्धि प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ | गोरखा नगरपालिका र UNDP को साझेदारी तथा कतार रेड क्रेससेन्टको सहयोगमा संचालन हुने सामुदायिक सर-सफाई, स्वास्थ्य तथा पूर्वाधार विकास परियोजना सम्बन्धि प्रारम्भिक छलफल कार्यक्रमको अध्यक्षता गोरखा नगरपालिकाको नगर प्रमुख श्री राजन राज पन्त ज्युले गर्नु भएको थियो भने उपस्थितिमा नगर उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ रहनुभएको थियो | प्रमुख अतिथिमा अशोक कुमार गुरुङ, प्रमुख, जिल्ला समन्वय समिति गोरखा साथै बिशिस्ट अतिथिमा सुरेश अधिकारी, सहसचिब/प्रवक्ता, संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय र बिशेष अतिथिमा नारायण प्रसाद भट्टराई, प्र. जि. अ., जिल्ला प्रशासन कार्यालय गोरखा रहनु भएको थियो | साथै अन्य उपस्थितिमा प्रदिप राज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, गोरखा नगरपालिका, गोरखा र विमल बस्नेत, प्रहरी उपरिक्षक, जिल्ला प्रहरी कार्यालय, गोरखा तथा विभिन्न कार्यालयको कर्मचारी र नेपाल पत्रकार संघ गोरखा शाखाको सभापति किशोर जंग थापा रहनु भएको थियो | उक्त कार्यक्रम संचालनको लागि गोरखा नगरपालिकाले १५५३७० अमेरिकी डलर, कतार रेड क्रेस्सेन्टले १,५०,००० अमेरिकी डलर तथा UNDP ले ३०,००० अमेरिकी डलरको रकम छुट्याएको छ | उक्त रकम १ खानेपानी आयोजना जसमा लाभान्वित संख्या ४००, १२० शौचालय जसमा लाभान्वित संख्या १२०, १ स्कूल भवन जसमा लाभान्वित  संख्या ३००, २ सिंचाई आयोजना जसमा लाभान्वित संख्या ५००, स्वास्थ्य चौकी जसमा लाभान्वित संख्या ५०० र १ अस्पताल फोहरमैला ब्यबस्थापन जसमा लाभान्वित संख्या २००० को लक्ष राखिएको छ |