FAQs Complain Problems

लैंगिक समानता, सामाजिक समावेसीकरण, लैंगिक हिंसा तथा नेतृत्व विकास सम्बन्धि कार्यक्रमको उद्घाटन

जनप्रतिनिधिहरुको ज्ञान र सीप बढाई लैंगिक समानता तथा सामाजिक समाबेसिकरणका मुद्दाहरुमा वहाँहरुको क्षमता विकास  गर्ने उदेश्यले तिन  दिने "लैंगिक समानता, सामाजिक समाबेसिकरण, लैंगिक हिंसा, तथा नेतृत्व विकास प्रशिक्षक प्रशिक्षण तालिम" को उद्घाटन भयो| गोरखा नगरपालिका र वूमेन एक्टको सहकार्यमा भएको उक्त कार्यक्रममा गोरखा नगरपालिका अन्तर्गत १४ वटा वडामा वसोवास गर्दै आएका स्थानिय महिला तथा पुरुषहरु र नगरपालिकाका नवनिर्बाचित पदाधिकारिहरुलाई लक्षित गरिएको छ | उक्त कार्यक्रमको अध्यक्षता नगरपालिकाकि उप- प्रमुख श्री विना कुमारी श्रेष्ठ ज्यु ले गर्नु भएको छ भने  प्रमुख अथितिमा नगर प्रमुख श्री राजन राज पन्त ज्यु र अतिथिमा प्रमुख प्रसासकिय अधिकृत श्री प्रदिप राज अधिकारी ज्यु रहनु भएको छ |