FAQs Complain Problems

नगरपालिकामा रहेका स्वास्थ्य संस्था गोरखा नगरपालिकालाई हस्तान्तरण

जिल्ला जनस्वास्थ्य कार्यालय, गोरखाले नगरपालिकामा रहेको स्वास्थ्य संस्था गोरखा नगरपालिकालाई हस्तान्तरण गरेको छ | उक्त कार्यकममा सभा अध्यक्षमा जिल्ला समन्वयका प्रमुख अशोक कुमार श्रेष्ठ, प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकृत नारायण प्रसाद भट्टराई र विशेष अतिथिमा गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्त ज्यु रहनु भएको थियो | यस कार्यक्रमको आयोजना गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयले गोरखा नगरपालिकालाई १४ वटा स्वास्थ्य संस्था हस्तान्तरण गरेको थियो जसमा ६ वटा स्वास्थ्य चौकी, ६ वटा सहरी स्वास्थ्य केन्द्र, १ वटा सामुदायिक स्वास्थ्य केन्द्र र १ वटा संस्थागत क्लिनिक रहेको छ | साथै संस्था संग-संगै हाजिरी तथा अन्य कागज पत्र समेत गोरखा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो |