FAQs Complain Problems

गोरखा नगरपालिकामा नगर बस संचालन

गोरखा नगरपालिकामा विधिवत रुपमा नगर बस संचालन भएको छ | मिति २०७६/०८/०५ गते एक औपचारिक उद्घाटन कार्यक्रम गरि गोरखा नगरपालिकामा उक्त नगर बस संचालन भएका छन् | नगर प्रमुख श्री राजन राज पन्त ज्यूको विषेश पहलमा संचालित उक्त सेवाले नगरबासीहरुमा सहजता हुने र कम मूल्यमा सेवा प्रदान गर्नेछ | नगर बस संचालनका लागि गोरखा नगरपालिका र पृथ्वी राजमार्ज बस संचालक कम्पनी प्रा.लिसंग सम्झौता भएको थियो | गोरखा नगरपालिका अन्तर्गत सबैभन्दा टाढा रहेको देउराली र ताप्लेमा समेत सेवा पुर्याउने लक्षले उक्त नगर बस संचालन गरिएको छ | सबैभन्दा टाढा रहेको देउरालीको लागि भाडादर रु. १३० र सबैभन्दा न्यून भाडा दर रु. १५ रहेको छ | तथापि गोरखा नगरपालिकाका ई. प्रकाश ढकालको नेतृत्वमा ३ सदस्यिय टोली गठन गरिएको छ जसले बैज्ञानिक रुपले भाडादर कायम गर्नेछ |