FAQs Complain Problems

गोरखा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

गोरखा नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ | असार १० मा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि असार ३१ को लागि सरेको नगर सभामा आर्थिक बजेट प्रस्तुत भएको थियो | नगर प्रमुख श्री राजन राज पन्त ज्युको अध्यक्षतामा रहेको उक्त कार्यक्रममा नगरपालिकाकी उप-प्रमुखले बजेट प्रस्तुत गर्नु भएको थियो | ०७५/०७६ को लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ७९ करोड ९३ लाख ७२ हजार ४ सय ४७ विनियोजन भएको छ | कुल विनियोजन मध्धे चालु तर्फ ८ करोड ७७ लाख अर्थात् १०.९७ प्रतिशत र पुँजीगत तथा कार्यक्रम तर्फ रु. ७१ करोड १६ लाख ७२ हजार ४ सय ४७ रुपैया अर्थात् ८९.०२ प्रतिशत रहेको छ |

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्धे राजस्व बाट रु. ४ करोड १२ लाख, संघीय सरकार बाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान बाट रु. २४ करोड १४ लाख ८५ हजार, राजस्व बाडफाड बाट रु ९ करोड १० लाख ४६ हजार, संघिय सरकार को ससर्त अनुदान बाट रु २७ करोड ५२ लाख र सामाजिक सुरक्षा कार्यक्रम अनुदान तर्फ रु ८ करोड १० लाख गरि जम्मा ६८ करोड ८७ लाख ३१ हजार, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान बाट रु १ करोड ३५ लाख ७३ हजार, राजस्व बाडफाड बाट रु ७४ लाख ६८ हजारबाट ४ सय ४७ गरि २ करोड १० लाख, ४१ हजार ४४७ रुपैया, सडक बोर्ड बाट रु ६० लाख, नगर विकास कोष बाट रु ३ करोड गरि जम्मा ७८ करोड ६९ लाख ७२ हजार ४ सय ४ रुपैया व्यहोर्दा रु १ करोड २४ लाख न्युन हुने छ |सो न्युन पूर्ति गर्न रु १ करोड २४ लाख संघिय सरकारबाट ऋण परिचालन गरि व्यहोरिने छ | 

साथै उक्त कार्यक्रममा २ जना कर्मचारी प्रेम बस्नेत र शिला थापालाइ उत्कृष्ठ कार्यसम्पादनको उपाधि दिईएको थियो |