FAQs Complain Problems

एकिकृत सम्पत्ति कर तथा आय लेखा प्रणाली सम्बन्धि तालिम तथा अभिमुखीकरण कार्यक्रम सुरुवात

गोरखा नगरपालिकाले सबै वडाबाट सम्पत्ति कर तथा आय लेखा सम्बन्धि सुबिधा प्रदान गर्ने योजनाका साथ ३ दिने तालिम आयोजना गरेको छ | उक्त कार्यक्रमको अध्यक्षको भूमिका निर्वाह गर्दै नगर प्रमुख ज्यु श्री राजन राज पन्त ज्युले वडाबाट प्रदान गरिने यस सुबिधाबाट सबैलाई सहजता हुने र आगामी दिनमा वडाको हरेक कार्य डिजिटल गर्दै लाने कुरोको जानकारी दिनु भयो | वडा सचिब सम्मिलित उक्त कार्यक्रम श्रावन २१, २२ र २३ गते  सम्म संचालन हुने छ |